

-
काठमाडौं।
नेपाल बैंकर्स संघले ऋणको ब्याजसमेत बढ्न नदिने गरी अर्को सहमति गरेको छ। सञ्चालनमा रहेका २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु सहभागी बैठकमा नयाँ सहमति बनेको हो। संघले ब्याज दरलाई अझ तल झार्नका लागि बचतको सीमा पनि घटाएको छ। पुरानो सहमति अनुसार ८ प्रतिशतसम्म बचतमा ब्याज दिन पाइन्थ्यो। बिहीबारको निर्णय अनुसार अब बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज दिने सहमति भएको छ।
सहमति अनुसार, संस्थागत निक्षेपकर्ताले अब साढे १० प्रतिशत मात्र ब्याज पाउने छन् । सर्वसाधारण निक्षेपकर्तालाई बढिमा ११ प्रतिशत ब्याज दिइने छ। यसअघिको सहमतिमा संस्थागतलाई ११।१५ प्रतिशतसम्म दिन पाइने थियो।
नेपाल राष्ट्र बैंकको सहमतिमा संघले ब्याज दरलाई स्थायित्व दिन नयाँ निर्णय गरेको हो।
अब बैंकहरुले सबै ब्याजको भुक्तानी त्रैमासिक रुपमा मात्र गर्ने भएका छन्। ऋणको ब्याज दरमा पनि अंकुस लगाइएको छ। आधार दरमा निश्चित प्रतिशत प्रिमियम जोडेर ऋणको ब्याज दर निर्धारणको ब्यवस्था गरिएको थियो।
केही बेंकले आधार दरमा ५र१० प्रतिशत नै प्रिमियम थपेर ऋणको ब्याज निर्धारण हुने विवरण प्रकाशित गर्दै आएका थिए। त्यसले गर्दा बैंकको ऋण धेरै महँगो भएको बैंकिङ इमेज पनि बिग्रिएको निष्कर्ष निकाल्दै जति ब्याज लिने हो त्यति नै प्रिमियम राखेर प्रकाशित गर्ने सहमति भएको छ।
News Desk 0 response बिहिबार, असार ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


