

तातोपानी नाकाको लार्चा सुख्खा वन्दरगाह एक बर्षभित्र सम्पन्न हुने
बन्दरगाहसम्म पुग्नका लागि भोटेकोसी पक्की पुलसमेत निर्माण हुने छ
-
काठमाडौं ।
तातोपानी नाका नजिकैको लार्चाको सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ। २०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएपछि निर्माण कार्य रोकिएको थियो। तातोपानी सुक्खा बन्दरगाह पुननिर्माण गरि सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चीनियाँ राजदुतावासवीच २०१७ मार्च ३१ मै हस्ताक्षर भएको थियो।
तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालार्इ निरन्तरता दिन ‘पोष्ट डिजाष्टर रिकभरी प्रोजेक्ट’ बनाएर त्यसलार्इ तीन भागमा विभाजन गरि आयोजनाको काम पुरा गर्ने लक्ष्य लिर्इएको थियो। तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माण सम्वन्धमा भएको सहमति कार्यान्वयनका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
प्रोजेक्टको आपतकालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालार्इ निरन्तरता दिने सम्झौता अनुसार चिनियाँ पक्षले तातोपानी सुक्खा बन्दरगाहको सम्वन्धमा दुर्इवटा काम चीनियाँ पक्षले गरिसकेको थियो। तर आयोजनालार्इ अघि बढाउने काम भने बाँकी नै थियो।
करिब तीन सातादेखि नै चीनियाँ पक्षले क्याम्प निर्माण साइट क्लियर, बन्दरगाह पुग्ने पहुँचमार्ग लगायतको काम गरिरहेको थियो। आजबाट भने बन्दरगाहको पुननिर्माण नै सुरु भएको हो।
बन्दरगाहसम्म पुग्नका लागि भोटेकोसी पक्की पुलसमेत निर्माण हुने छ। अन्तिम चरणमा निर्माण भैरहेको पुल भोटेकोसीमा आएको बाढीले बगाएपछि पुन निर्माण गर्न लागिएको हो।
चीनियाँ सरकारका प्रतिनिधि झाङ फ्यानले चीनियाँ ४० जना प्राविधिक र अरु थप कामदारले आजैबाट काम थालेको जानकारी दिए। त्यसैगरि उनले प्रोजेक्टमा नेपाल सरकारको पुर्ण सहयोग भएमा समयमै पुरा हुने समेत दाबी गरेका छन्।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतले आवश्यक सहयोगका लागि नेपाल सरकार तयार रहेको बताए। यो बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट हुने चीन नेपाल व्यापारमा सहज हुने उनले बताए। भुकम्पपछि चीनियाँ नाका भने बन्द छ।
News Desk 0 response बिहिबार, बैशाख २०, २०७५

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



