• काठमाडौं ।
    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेकोे छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
    शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।