

-
धनुषा । प्रदेशको लागि जिम्मेवारी तोकिएका सबै कर्मचारी नआउँदा कर्मचारी अभावमा सरकारले दैनिक प्रशासनिक काम सोचेअनुसार अघि बढाउन नसकेको अधिकारी बताउँछन्। संघीय सरकारले प्रदेश नं २ मा २२४ कर्मचारी खटाएकामा ११७ जना कर्मचारी मात्र हाजिर भएको मुख्यसचिव राजेश्वरमान सिंहले बताए।
प्रदेश नं २ मा फागुन ३ गते सरकार गठन भएको थियो। मुख्यमन्त्रीसहित यहाँको मन्त्रिपरिषद् १० सदस्यीय छ। ६ मन्त्री र तीन राज्यमन्त्रीले पदभार सम्हालिसकेका छन्। प्रदेश प्रमुखको कार्यालयमा खटिएका १८ कर्मचारीमध्ये १६ जना हाजिर भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २१ कर्मचारीमध्ये १२ जना मात्रै आइपुगेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका २३ मध्ये १२ जना मात्र कर्मचारी हाजिर भएका छन्। भौतिक पूर्वाधार मन्त्रालयमा २० कर्मचारीमध्ये १४, आर्थिक मामिला तथा कानुन मन्त्रालयमा १८ मध्ये १० जना र उद्योग, पर्यटन तथा वन मन्त्रालयमा २० मध्ये १४ जना मात्रै हाजिर भएका छन्। केन्द्रले प्रादेशिक सरकारको दैनिक काम अगाडि बढाउन एकैसाथ सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी खटाएका थिए।
कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३३ कर्मचारीमध्ये १८ जना मात्र आइपुगेका छन्। मन्त्रालय अन्तर्गतका पशुपक्षी र सहकारी महाशाखा महानिर्देशकबिहीन छ। बाँकी दुई महाशाखा सामान्य योजना र कृषिमा भने महानिर्देशक आइसकेका छन्।
प्रादेशिक सरकारको प्रशासनिक भवन जनकपुर चुरोट कारखानाको आवास क्षेत्रमा राखिएको छ। मन्त्रालय र उच्च पदाधिकारीको आवास तथा कर्मचारीको बसोबासका लागि कारखानाको परिसरकै भवन मर्मतसम्भार र रंगरोगन गरिएको छ।
बाहिर रहेको भौतिक योजना र कृषि मन्त्रालय पनि त्यहीँ सार्ने तयारी भइरहेको छ। मन्त्रालय र प्रशासनिक भवन एकै परिसरमा हुँदा कर्मचारीलाई काम गर्न सहज नै हुने देखिन्छ।
मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी नआउँदा प्रशासनिक काम अघि बढाउन समस्या परेको भन्दै प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर गुनासो समेत गरेका थिए। तर त्यसपछि मुख्यमन्त्री पनि आफूलाई सभा, समारोह, गोष्ठी र भोजभतेरमा सीमित गरेको देखिएको छ।
News Desk 0 response बिहिबार, चैत्र १५, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



