अन्तर्राष्ट्रिय

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाउनु भएको छ । टेलिभिजन सम्बोधनमार्फत उहाँ उक्त घोषणा गर्नु...

रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ । रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच यही बिहीबार मस्कोमा वार्ता हुने समाचारमा...

पाकिस्तानमा हिमपहिरो पाँचको मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते...

राष्ट्रपति सीद्वारा वुहानवासी, अग्रमोर्चामा काम गर्ने अधिकारीसँग भेट

वुहान, चीन । चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९...

अफगान शान्ति वार्तामा महिलालाई सहभागी गराउन आग्रह

काबुल । अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । युनामाद्वारा जारी वक्तव्यमा अन्तर–अफगान शान्ति वार्तामा पछिल्ला वर्षहरुमा अफगानिस्तानमा भएका सामाजिक, राजनीतिक उपलब्धिलाई...

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

रोम । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।...