खेलकुद

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा...

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

काठमाडौं : आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का...

वाग्मतीलाई हराउँदै फ्रेन्ड्स क्लब खप्तड गोल्ड कपको फाइनलमा

कैलाली : वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कैलालीको धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि...

हिमालयन शेर्पालाई पेनाल्टीमा हराउँदै मनाङ खप्तड गोल्ड कपको फाइनलमा

कैलाली : मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको...

शहीद स्मारक फुटबल : खुमलटार विजयी

काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई...

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने।...