समाचार

विपद् व्यवस्थापनमा नेपालको प्रगति बुझ्न दक्षिण एशियाका सञ्चारकर्मी राजधानीमा

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माण तथा विपद् व्यवस्थापनमा नेपालले हासिल गरेको प्रगतिबारे जानकारी लिन दक्षिण एशियाली देशका सञ्चारकर्मी राजधानीमा भेला भएका छन् । मनिलास्थित एशियाली विकास बैंकको प्रधान कार्यालयले एशिया–प्रशान्त क्षेत्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत...

उपत्यकामा हर्नमा कडाइ

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो...

सिफारिस समितिमा दुई निवेदन

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिकोे छानविन आयोगको पदाधिकारी सिफारिस समिति समितिमा दुुई निवेदन परेको छ । सिफारिस समितिको आज बसेको बैठकले दुवै आयोगका पदाधिकारीका लागि मङ्सिर २ गते सार्वजनिक गरेको...

भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ : प्रवक्ता बाँस्कोटा

पोखरा । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले लिम्पियाधुरा, लिपुलेक...

नरभक्षी चितुवा नियन्त्रणमा

दमौली । चितुवा नियन्त्रणका लागि तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका...

हेलम्बु र मेलम्चीमा खानेपानीको वितरण व्यवस्थित गरिँदै

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित जिल्लाको खानेपानी...