

-
काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले आज निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ ।
उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आयोगले मिडिया अनुगमन एकाइ गठन गरेको थियो ।
प्रतिवेदनमा आमसञ्चार माध्यमले निर्वाचन गतिविधिलाई उच्च प्राथमिकता दिएको र आचारसंहिताको प्रभावकारी पालना भएको पाइएको उल्लेख छ । आगामी आवधिक निर्वाचनमा मिडिया अनुगमन सम्बन्धी आफ्नै संयन्त्र स्थापना गर्न सुझाव दिँदै एकाइले त्यस्तो अनुगमनका लागि प्रदेश र जिल्ला तहसम्म विस्तार गर्न उपयुक्त हुने सल्लाह दिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय भएको भनी राजनीतिक दल र उम्मेदवारबाट प्राप्त प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “निर्वाचनको परिणामपछि राजनीतिक दल र उम्मेदवारबीच देखिएको हार्दिकता र सद्भावले उपनिर्वाचन निकै स्वच्छ, स्वतन्त्र र मितव्ययी ढङ्गबाट सम्पन्न भएको भन्ने पुष्टि गरेको छ ।”
उपनिर्वाचका सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)बाट आएको टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले वास्तविकता भन्दा बाहिर गएर आएका टिका टिप्पणीले त्यस्ता संस्थाको मर्यादा बढन नसक्ने उल्लेख गर्नुभयो ।
एकाइका निर्वाचन आयोगका उपसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गोरखापत्र दैनिक, राष्ट्रिय समाचार समिति(रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधि हुनुहुन्थ्यो । उक्त एकाइले उपनिर्वाचनका सन्दर्भमा कार्यादेशअनुरुप मङ्सिर १ गतेदेखि काम गरेको थियो । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२