

-
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताए। नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानुन नहुँदा गलत गर्नेहरू ठाडो शिर बनाएर हिँडिरहेको बताए। रौतहटमा भएको डंगा दुर्घटनाको प्रसंग जोड्दै उनले भने, ुपाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ।भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचारसम्बन्धी कडा कानुन ल्याउनुपर्ने बताए। मुलुकमा बलात्कारका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनेले भने, “बलात्कारीलाई कडाभन्दा कडा कारवाही गर्नपर्छ। उन्मुक्ति दिनु हुँदैन।सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिता जगत् कसैको प्रयोगशाला बन्न नहुने बताए। उनले भने, ुकेही सञ्चार गृह अहिले लगानीकर्ताको इच्छाअनुसार समाचार बनाइरहेका छन्। पत्रकारिताको नाममा तिनीहरू कसैको प्रयोगशाला तै बन्दै छैनन् भन्ने प्रश्न उठिरहेको छ।ु राजनीतिक लडाइँले लाखौँ युवाको आँशु र परिश्रम विदेशमा बगेको बताउँदै उनले भने,ुअब राजनीतिक लडाइँ, होइन। मुलुक समृद्धितर्फ लैजान सबै मिल्नुपर्ने दिन आएको छ। पूर्वमन्त्री प्रभु साहले राजनीतिक सङ्क्रमणबाट मुलुक भर्खरै अगाडि बढेको बताउँदै सरकारले ल्याएको समृद्धिका नारा साकार पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। सो अवसरमा साप्ताहिकले प्रेस काउन्सिल सञ्चालक समिति सदस्य गोविन्द चौलागाई, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, पत्रकार डा राजेश अहिराज, गायिका सेरिना कुँवर, साहित्यकार चन्द्रभुषण साहलगायतलाई सम्मान गरेको थियो।
News Desk 0 response सोमवार, भदौ ११, २०७५
रासस

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



