

-
काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा) लाई प्रस्ताव गरेको हो ।
यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियोे । स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघसितको भिडियो बैठक पछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।
एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अङ्क जोडेको छ । नेपालले चाइनिज ताइपेइलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो । हालसम्मको खेल प्रदर्शनअनुसार १२ अङ्कका साथ अष्ट्रेलिया शीर्षस्थानमा, १० अङ्कका साथ कुवेत दोस्रो, समान १० अङ्क नै बनाएको जोर्डन तेस्रो तथा अङ्कबिहीन अवस्थामा रहेको चाइनिज ताइपेइ समूह बी को पुछारमा छ ।
समूहको शीर्षटोली विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एशिया कपमा सोझै पुग्नेछ । दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणमा तथा एशिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ । तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोली विश्वकप छनोटबाट बाहिरिने छन् । विश्वकप २०२२ कतारमा तथा एएफसी एशियन कप २०२३ चीनमा हुनेछ ।
News Desk 0 response शनिबार, जेष्ठ २४, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



