

-
कास्की । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ ।
निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो । सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले ९० लाख बजेट विनियोजन गरेको थियो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रङ्गशालाको आडमा अभ्यास मैदान तयार गर्ने योजना थियो । सोहीअनुसार सरकारले बजेट विनियोजन गरे पनि अभ्यास मैदान सागमा तयार भएन ।
मैदानको काम अलपत्र परेपछि राष्ट्रिय खेलूकद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले बन्दाबन्दीमै काम शुरु गरेकामा दुई महिनामा सबै काम सकिएको हो । मैदानमा हाल गोलपोष्ट राख्ने काम बाँकी छ । कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै ११५ मिटर लम्बाइ तथा ६५ मिटर चौडाइको फुटबल मैदान समथर बनाउने, लेबलिङ र दुबो रोप्ने काम सकिएको गुरुङले जानकारी दिए ।
मैदान दुई महिनाभित्रमा खेल्न योग्य हुने र स–साना प्रतियोगिता यही मैदानमा खेलाइने योजना छ । सो फुटबल रङ्गशालामा ३०० देखि ४०० जना अट्ने गरी प्यारापिट र चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), शौचालयलगायतका पूर्वाधार आगामी वर्षमा शुरु गरिने बताइएको छ । पोखरा रङ्गशालाभित्रको मुख्य फुटबल रङ्गशालाको काम भने जारी बन्दाबन्दीका कारणले रोकिएको छ । एक अर्ब २८ करोड लागतमा निर्माणाधीन रङ्गशालामा हाल १६ हजार ५०० दर्शक अट्ने प्यारापिट तयार गरिएको छ भने मैदानको सबै काम सकिएको छ ।
भिआइपी प्यारापिटमा छानो छाउने, चेञ्जिङ रुम, मिडिया सेन्टर, कन्फ्रेन्स हललगायतको काम बन्दाबन्दीले रोकिएको निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बरालले बताए । पछिल्लो समय प्यारापिटको क्षमता वृद्धि गरेर २० हजार दर्शक क्षमताको बनाउने राखेपले तयारी गरेको थियो । रासस
News Desk 0 response शनिबार, जेष्ठ १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



