

-
नेपालको इतिहासमा नेपाली सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त भएका राजेन्द्र क्षेत्री चालिस बर्षे सैनिक जीवन बाट बिदा बसेका छन् । नेपाली सेनाको ४२औँ प्रधानसेनापति बनेका क्षेत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालिमहरूमा उत्कृष्ट नतिजा हासिल गरेका थिए। सेनापति क्षेत्रीको अवकाश भने भदौ २४ मा हुने भए पनि एक महिना अघि नै बिदा बस्ने परम्पराअनुसार क्षेत्री साउन २४ बाट एक महिना लामो बिदामा बस्न लागेका हुन्। बिहीबारबाट बिदामा बस्न लागेपछि नयाँ प्रधानसेनापतिको जिम्मेवारी भने बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने साउन ११ गतेको मन्त्रिपरिषद बैठकले गरेको छ। सोहीअनुरूप थापा बिहीबारदेखि कामुप्रधानसेनातिको रूपमा भदौ २४ सम्म कार्यभार सम्हाल्ने छन्। भदौ २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा व्यवस्था भएअनुरूप नियुक्त गर्ने छन्। आफू औपचारिक रूपमा बिदा हुन लागेको अघिल्लो दिन बुधबार प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका सकल दर्जाहरूलाई आफ्नो कार्यकालमा भएका कार्यहरूको सम्पूर्ण प्रगति विवरणका बारेमा जानकारी गराएका थिए।
News Desk 0 response बुधबार, साउन २३, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



