• काठमाडौं । कोरोनाभाइरस महामारीका बीच स्पेनिस ला लिगा फुटबल प्रतियोगिता जुन दोस्रो सातादेखि सुरु हुने बताइएको छ । दुई महिनादेखि स्थगित रहेको प्रतिष्ठित फुटबल प्रतियोगिताहरु सङ्क्रमणको जोखिम कम भए लगत्तै सुरु हुने तयारी गरिएको हो ।

    ला लिगा अन्तगर्त रियल बेटिस र सेभिल्लाबीचको पहिलो खेल हुनेछ ।

    स्पेनको शिर्ष दुई श्रेणिका खेलाडीमा कोरोनाभाइरसको परीक्षण गर्दा पाँचजनामा पुष्टि भएको थियो । उनीहरु सङ्क्रमणमुक्त भई मई महिनाको सुरुदेखि नै पाँचैजना खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् । ला लिगाको सबै टोलीले अब ११ वटा खेल खेल्न बाँकी छ । बार्सिलोनालाई दोस्रो स्थानको रियल मड्रिडभन्दा दुई अङ्कको अग्रता छ ।

    यूरोपमा कोरोनाभाइरसले सबैभन्दा बढी प्रभाबित दुई राष्ट्र स्पेनले ला लिगा फुटबल र इटाली सिरी ए को सुरु गर्ने तयारी गर्न लागेको हो ।