

-
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ८२५ मेट्रिक टन नून गरी एक लाख ३७ हजार ९६६ मेट्रिक टन मौज्दात छ ।
मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग दुई हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४ चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।
मौज्दात पेट्रोलियम पदार्थ
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार नौ सय ३२ किलोलिटर डिजेल आयात भएकामा एक हजार ६५१ किलोलिटर बिक्री भएको र ३३ हजार १७४ किलोलिटर मौज्दात रहेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ ।लकडाउनअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ । यसैगरी निगमसँग छ हजार ५५० किलोलिटर पेट्रोल, दुई हजार १४२ किलोलिटर मट्टीतेल, सात हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार नौ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



