

-
काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा राहत र आर्थिक प्रवद्र्धनको प्याकेज घोषणा तथा वितरण प्रणालीका सम्बन्धमा सुझाव दिन एक अध्ययन समिति गठन गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा गठित समितिले कोरोनाको असर कुनकुन क्षेत्रमा कसरी पर्नेछ र कोरोना प्रभावको सन्दर्भमा आगामी आर्थिक नीति कस्तो हुनु पर्दछ भनेर विभिन्न अर्थशास्त्रीहरुको अध्ययन तथा विश्लेषणका आधारमा सरकारलाई सुझाव पेश गर्ने जनाएको छ ।
समितिमा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, प्रा डा गोविन्दराज पोखरेल, डा स्वर्णिम वाग्ले, एवं राष्ट्रिय योजना आयोग पूर्व सदस्यद्वय प्रा डा पुष्कर बज्राचार्य र डा अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालय प्रा डा विजया श्रेष्ठ, प्रतिष्ठानका सदस्य डा दधि अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेस वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र भक्तपुर बहुमुखी क्याम्पसका प्रा वसन्ती आचार्य सम्मिलित छन् ।
समितिले नेपालमा कोरोना सङ्क्रमणको कारणले सबैभन्दा बढी असर परेका भौगोलक क्षेत्र तथा पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि अध्ययन गरेर सुझाव पेश गर्ने छ । यसरी प्रस्तुत गरिएको सुझाव, समितिको निर्णयानुसार समितिका सदस्यहरुको उपस्थितिमा नेपाल सरकार तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससमक्ष पेश गरिने काँग्रेसका नेतासमेत रहनुभएका अध्यक्ष जोशीले जानकारी दिए ।
अध्ययन समितिले यही सोमबार १ गतेदेखि आफ्नो काम शुरु गरेर तीन हप्ताभित्र अध्ययन गर्नेछ । अध्ययनलाई प्रभावकारी बनाउन समितिलाई सहयोग, सल्लाह र सुझाव प्रदान गर्न सबैलाई अनुरोध गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि नेपालमा लागु गरिएको लकडाउनका कारण मुलुकको आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा ठूलो प्रभाव परेको छ ।
कोरोना सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा सरकारले असर पार्ने आर्थिक र भौगोलिक क्षेत्रको पहिचान गर्नुपर्ने, प्रत्यक्ष र अप्रत्यक्ष असर पर्ने क्षेत्रलाई राहत प्याकेजको घोषण गर्नुपर्ने र त्यस्तो घोषणा व्यावहारिक, वैज्ञानिक, र तथ्यसङ्गत हुनुपर्ने तथा कोरोना सङ्क्रमण पछिको आर्थिक नीति र प्रवद्र्धन कस्तो हुनुपर्ने छ भन्ने बारेमा अहिलेदेखि नै गृहकार्य गनुपर्ने प्रतिष्ठानले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



