

आयोग वनाउने, भत्ता खाने फाईल थन्क्याउने
२००७ सालयता मुलुकमा शिक्षासम्वन्धी दर्जनौ आयोग बने । ती आयोगले बुझाएका प्रतिवेदन निकै कम कार्यान्वयन भए ।
-
विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु सम्बन्धी कानुन संशोधन गर्न गठित आयोगले प्रधानमन्त्रीलाई जेठ ७ गते प्रतिवेदन बुझायो । राजनीतिक हस्तक्षेपले उच्च शिक्षा धराशयी बन्दै गएपछि आयोगले डेढ वर्ष लगाएर तयार पारेको मोटो प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयको दराजमा छ । आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन सके समग्र उच्चशिक्षामा सुधार मात्र होइन राजनीतिक हस्तक्षेपबाट समेत अन्त्य गर्न सकिने विश्वविद्यालय अनुदान आयोगको ठम्याई छ । २००७ सालयता मुलुकमा शिक्षासम्वन्धी दर्जनौ आयोग बने । ती आयोगले बुझाएका प्रतिवेदन निकै कम कार्यान्वयन भए ।
धेरै प्रतिवेदन भने दराजमा थन्क्याइए । २००७ सालको राजनीतिक परिवर्तन पश्चात २०१० सालमा पहिलो पटक सरकारी स्तरबाट राष्ट्रिय शिक्षा आयोग गठन भयो । त्यसको सात वर्षपछि राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेसँगै त्यही अनुसारको शिक्षा प्रणाली बनाउन राष्ट्रिय शिक्षा समिति गठन भयो । फेरी राजा बिरेन्द्रले २०३९ सालमा शाही शिक्षा आयोग बनाए । २०४७ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि राष्ट्रिय शिक्षा आयोग बन्यो । त्यसको ७ वर्षपछि फेरी ०५४ सालमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरी ०५५ सालमा पुनर्गठन गरियो । यीबाहेक अन्य विज्ञ आयोगको त कति बने कति ? सरकार र व्यवस्था फेरिएपिच्छे आयोग गठन गर्नै परम्पराले शैक्षिक क्षेत्रलाई अस्थिर बनाउने बाहेक अर्को कुनै योगदान दिएको छैन । तसर्थ आयोग गठन । केवल फैसन मात्रै भएको शिक्षाविद्को भनाई छ ।
यस्तै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले गत माघमा मेडिकल कलेजको सम्बन्धन दिदा व्यापक अनियमितता भएको ठहर सहितको प्रतिवेदन दिएको थियो । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न र अन्य विवादास्पद निर्णयमा संलग्न मेडिकल काउन्सिलका पूर्व पदाधिकारी, चिकित्सक सहित ४३ जनालाई कानुनी कारवाही गर्न सिफारिससहित तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो, जुन अघै कार्यान्वयनमा आएको छैन ।
विभिन्न समयमा गठन भएका आयोगहरुले समस्या पहिचान गरि प्रतिवेदन नबुझाएका होइनन् तर कार्यान्वयन नहुँदा आयोगको औचित्यमाथि नै प्रश्न उठ्दै आ एको छ । आखिर कार्यान्वन नहुने आयोग कहिलेसम्म गठन गरिरहने ?
आयोगका प्रतिवेदनको स्वामित्व लिने र कार्यान्वयन गर्ने त कता हो कता, अघिल्लो सरकारले गठन गरेको भन्दै खारेज गरी आफू अनुकूल बनाउने परम्परा बनेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अहिले त्यही ध्याउन्नमा छन् ।
यस्तो पाराले आयोग गठन आफन्तलाई अवसर दिने काम मात्र हुनेछ । यसका लागि वेलैमा सचेत हुन आवश्यक रहेको पूर्व प्रशासक कैलाशनाथ खरेल वताउँछ्न् । यसलाई नीतिगत रुपमा भ्रष्ट काम भन्नु पर्ने पनि उनको तर्क छ ।-जनप्रशासन पाक्षिकवाट
News Desk 0 response बुधबार, असार ६, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



