

-
हेटौँडा । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरिएको जनाएको छ ।
मन्त्रालयले हालसम्म प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै पनि समस्या नदेखिएको बताएको छ । प्रदेशमा चामल ११ हजार २९० मेट्रिक टन, दाल दुई हजार ६०० मेट्रिक टन, चिनी तीन हजार ९२३ मेट्रिक टन र नुन ३२ हजार मेट्रिक टन, खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिएका छन् ।
उनका अनुसार सरकारले आपूर्ति व्यवस्थापन तथा सम्भावित कालोबजारी नियन्त्रणका लागि साना तथा ठूला बजार र शहरमा अनुगमन, ग्यास आपूर्तिकर्ता र ग्यास उद्योगको अनुगमन तथा मौज्दात जाँच गरिरहेको छ भने मूल्यसूची सार्वजनिक तथा प्रसारण कार्यलाई कडाइका साथ लागू गरिएको छ ।
आपूर्ति व्यवस्थापनका लागि मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेस्क सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ । पछिल्लो समयमा सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा देखिएको ग्यास आपूर्तिको समस्या समाधान गरिएको मन्त्रालयले जनाएको छ ।
उद्योगहरुमा मजदुर तथा अत्यावश्यक सामग्री ओसारपसारमा देखिएको समस्यालाई सरोकारवाला निकायको सहकार्यमा समाधान गरिएको बताइएको छ । प्रदेश सरकारले टोलटोलमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न बृहत् योजना कार्यान्वयनका लागि तयार पारेको, ग्यास तथा ऊर्जाको व्यवस्थापनका लागि वैकल्पिक स्रोतहरु विद्युत्, दाउरा तथा बायो ब्रिकेटलगायतका स्रोतको प्रयोगका लागि संयन्त्रको परिचालन गर्ने योजना बनाइएको, मजदुर, ज्यामी, विपन्न घरपरिवार, बालआश्रम तथा वृद्धाश्रममा खाद्यान्न व्यवस्थाका लागि स्थानीय तहको समन्वयमा आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, चैत्र १८, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



