

-
कास्की । कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि रङ्गशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा तथा अन्य प्रशिक्षण रोक लगाइएको उल्लेख गरिएको छ ।
जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख प्रकाश बरालले राष्ट्रिय खेलूकद परिषद्(राखेप)को निर्देशनअनुसार कोरोनाबाट सचेत र सजग रहन तथा भीडभाड हुन नदिन सबै खेलकूदकर्मीलाई आग्रह गर्दै सो निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “ रङ्गशालाभित्र कुनै पनि प्रशिक्षण, सेमिनार तथा गोष्ठी एवं कुनै पनि खेलकूदजन्य गतिविधि नगर्न सम्बन्धित खेल सङ्घ तथा खेलकर्मीमा आग्रह गरेका छौँ । कोरोनाबाट जोगिन रङ्गशालामा हुने गतिविधि पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको हो ।”
राखेपले दुई साताअघि नै भीडभाड हुने कुनै पनि खेलकूद गतिविधि नगर्नसम्बन्धी निकायलाई सूचना जारी गरेको थियो । यहीबीचमा पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भने सञ्चालन भएको थियो । रङ्गशालाभित्र फुटबल, भलिबल, क्रिकेट, आर्चरी, टेनिस, ब्याडमिन्टनलगायतका खेल पूर्वाधार एकै थलोमा रहेकाले खेलाडी तथा खेलकर्मीको भीडभाड हुने गरेको छ ।
अहिले यहाँ रङ्गशालाभित्र निर्माणाधीन फुटबल रङ्गशालाको कामसमेत प्रभावित बनेको छ । भाइरसको त्रासका कारणले मजदूर काममा फर्किन नसकेकाले अतिविशिष्ट कक्षको प्यारापिटमा छानो छाउने तथा प्यारापिटमा थप कुर्सी जडान गर्नेलगायतका रङ्गशालाको निर्माणाधीन काम प्रभावित बनेको फुटबल रङ्गशाला परियोजना प्रबन्धक दीपक बरालले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



