

-
कास्की । पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि पुनः फाइनलमा भिड्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भइरहेको १८ औँ संस्करणकोे उपाधिका लागि शनिबार यी दुई टोली फाइनलमा भिड्न लागेका हुन् । यसअघि विसं २०५८ को क्याराभान गोल्डकप तथा विसं २०६० को दोस्रो र विसं २०६१ मा आयोजना भएको तेस्रो संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
क्याराभान पुलिस तथा दोस्रो र तेस्रो संस्करणको उपाधि मनाङले जितेको थियो । आहा रारामा मनाङ र पुलिस विसं २०६८ को दशौँ संस्करणको क्वार्टरफाइनल तथा बाह्रौँ संस्करणको सेमिफाइनलमा समेत प्रतिस्पर्धा गरेकामा दुवैमा मनाङ विजयी भयो । दुवै टोली आहा राराका सफल क्लब हुन् । पुलिसले ‘क्याराभान’ गोल्डकपसहित हालसम्म छ पटक उपाधि उचाल्दा मनाङले पाँच पटक उपाधि चुम्न सफल भएको छ । विभागीय टोली पुलिसले क्याराभानसहित विसं २०५९ को पहिलो, २०६४ को छैटौँ, २०६५ मा सातौँ, २०६६ को आठौँ र २०७४ को सोह्रौँ संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
मनाङ विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं. २०७२ मा चौधौँ र २०७३ को पन्धौँ गरी हालसम्म पाँच पटक च्याम्पियन बन्न सफल भएको छ । जारी संस्करणमा पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको हो । यस वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङले पुलिसलाई २–० ले हराएको थियो । त्यसलगत्तै धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसको ‘बी’ टोली मनाङसँग ३–१ ले पराजित भएको थियो ।
शनिबार हुने फाइनल खेल अघि आज आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले राम्रो फुटबल खेल्दै प्राप्त अवसरको सदुपयोग गरेर उपाधि जित्ने दाबी गरेका छन् । पुलिसका प्रशिक्षक अनन्त थापाले मनाङ राम्रो टोली रहे पनि आफ्ना खेलाडीले मेहनत गरेर उपाधिका लागि खेल्ने बताउनुभयो ।
टोलीमा कोही पनि खेलाडी घाइते नरहेको बताउँदै उहाँले युवा टोलीले निर्धारित समयभित्रमा नै नतिजा आफ्नो पक्षमा पार्ने गरी खेल्ने उहाँको भनाइ छ । “मनाङ राम्रो क्लब हो, फाइनल खेल जहिले पनि फिप्टी/फिप्टी हुन्छ, हाम्रा खेलाडी भोलि गतिका साथ उपाधि जित्ने गरी मैदानमा उत्रिने छन्”, थापाले भन्नुभयो । मनाङका प्रशिक्षक फुजा टोपेले आक्रामक फुटबल खेल्दै उपाधि चुम्ने टोलीको लक्ष्य रहेको बताउनुभयो । पोखरेली मैदानमा टोलीलाई समर्थकको समेत साथ मिल्ने विश्वास उहाँको छ ।
मनाङका कप्तान कमल श्रेष्ठले सेमिफाइनलमा आर्मीलाई पराजित गर्दा टोलीको मनोवल उच्च रहेकाले समेत अघिल्लो दिनको जस्तै प्रदर्शन फाइलनमा दोहोर्याउँदै उपाधि जित्ने उल्लेख गर्नुभयो । पुलिसका कप्तान भरत शाहले फाइनलको यात्रासम्म युवा टोलीले राम्रो नतिजा निकालेकाले शनिबारको खेलमा समेत राम्रो फुटबल पस्किँदै दर्शकको मन जित्ने र समर्थन प्राप्त गर्ने गरी खेल्ने बताउनुभयो ।
प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा सर्वाधिक गोलकर्ताले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


