

-
काठमाडौं ।
सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले मनोमानी गर्दा समस्या आउन थालेको छ । सरुवा–बढुवामा उनले अनावश्यक चलखेल गरेका छन् । साथै गृहमा गरेका सिफारिसप्रति पनि समस्या देखिएको छ । बढुवामा वरीयता मिचेको भन्दै सदस्यहरु असन्तुष्ट भएका हुन् । एसपीमा बढुवा गर्दा १३ औं नम्बरका रेशमकुमार थक्सु, १६ औं नम्बरका डीएसपी प्रेमध्वज शाह र ९ नम्बरका गाहारधन राईलाई क्रमशः एक, दुई र तीन नम्बरमा ल्याएको अन्नपूर्णले लेखेको छ ।
हाइटी शान्ति मिसनमा रहेका बेला गणपति तालिमको प्रमाणपत्र लिएपछि विवादमा मुछिएका डीएसपी हुन् राई। तीनमहिने तालिममा जम्मा एक महिना मात्र तालिम लिएर राई मिसनमा गए पनि तालिमको पूरै अवधि जोडेर प्रमाणपत्र दिइएको चर्चा सशस्त्र मुख्यालयमा छ। वरीयतामा २९ औं नम्बरका सुरेशकुमार श्रेष्ठ, र ३६ औं नम्बरका दीपेन्द्र शाहलाई क्रमशः पाँच र ६ नम्बरमा बढुवा गरेपछि वरिष्ठतामा अघि रहेका डीएसपी आइएजी खनालसँग असन्तुष्ट भएका हुन्।
केही दिनअघि मात्र आईजी खनालले प्रशासनलाई जानकारी नै नदिई डीएसपी र इन्स्पेक्टरलाई क्षेत्रमा काज खटाउने पत्र आफ्नै सचिवालयमा तयार पारे र लिएर गृह मन्त्रालय पुगे। सशस्त्रको नियमावलीअनुसार डीएसपी र इन्स्पेक्टरको काज सरुवा गर्न पाउने अधिकार आईजीलाई नै दिएको छ। उनले आफ्नो अधिकारक्षेत्रभित्र रहेको काज सरुवा गर्न मन्त्रालयको स्वीकृति लिन खोज्नुलाई संगठनका वरिष्ठ अधिकारीहरूले अनौठो मानेका छन्। उनले लेखा र कानुनका अधिकृतलाई बोलाएर आफ्नो कार्यकालभर उनीहरू कसैको बढुवा नगर्ने चेतावनी दिएको बताइन्छ।
यो विषय गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले थाहा पाएपछि गृहसचिव प्रेमकुमार राईसँग जानकारी लिन खोज्दा राईले प्रदेश ४ को सुरक्षा भेलाबाट फर्केपछि बुझौंला भनेर टारेको स्रोतले बतायो। डीआईजी सरुवामा आईजी खनालले दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको आरोपसमेत छ। डीआईजी बाबुराम पाण्डेलाई उनले मद्दती सेवा निर्देशनालयमा पठाएका थिए। निर्देशनालयमा एसएसपीको मात्र दरबन्दी छ। पाण्डेलाई अहिले अन्वेषण तथा विकास निर्देशनालयमा पठाइएको छ। दरबन्दी रहेका सीमा विभाग र कार्य विभागमा सरुवा नगरी पाण्डेलाई थन्क्याउने मनसायले अन्वेषणमा सरुवा गरिएको सशस्त्रभित्रै चर्चा गरिन्छ।‘आईजीपीले दरबन्दी नै नभएको ठाउँमा सरुवा गरी गृहमन्त्री र सचिवलाई झुक्याए। रातारात पत्र फेरेर अर्को सरुवा सूची निकाले’, सशस्त्र मुख्यालयका एक अधिकृतले भने, ‘डीएसपीको दरबन्दी भएका ठाउँमा इन्स्पेक्टर ल्याएरसमेत राख्नु भएको छ। आफ्ना मान्छे खोजीखोजी राम्रो ठाउँमा पोस्टिङ गरेपछि काम गर्ने सक्षम अधिकृत मर्कामा परेका छन्।’ मुख्यालयका अर्का अधिकृतले भन्सारमा सशस्त्रको भूमिका गौण बनेको गुनासो पोखे। आईजी खनाल भने आफू संगठनको सुदृढीकरणमा लागिपरेको दाबी गर्छन्।
News Desk 0 response शनिबार, जेष्ठ ५, २०७५

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



