

-
अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् ।
राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा गत असार २६ गतेदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता कार्य शुरु भएको थियो ।
यस जिल्लामा चालू आवको सात महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ६७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो । यसमा एक हजार ५९७ जना पुरुष र एक हजार ८१ जना महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
जिल्लाका विकट गाउँबाट सदरमुकाममा सेवा लिन आउन समस्या हुने भएकाले बेलाबेलामा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविरको आयोजनासमेत गर्ने गरेको छ । जिल्लाको तुर्माखाँद, ढकारी, रामारोशन, मेल्लेख गाउँपालिकाका विकट वडा, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका विकट बस्तीबाट सदरमुकाम पुगेर सेवा लिन नागरिकलाई खर्चिलो र समस्या हुने गरेको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२



