• काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराएका हुन् ।

    न्याय परिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै चार जना न्यायाधीशलाई नियुक्त गरेका थिए ।

    यसअघि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो ।