

-
काठमाडौं : सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई ७ रनले हरायो ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डौले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाडौंका राशिद खानले नटआउट ३५ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ६०, थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए । काठमाण्डौका जहानदाद खानले ३, सन्तोष यादवले २ विकेट लिए ।
एक समय ८ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा दीपेन्द्र र आरिफ शेखले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । यस्तै दीपेन्द्र र थरिन्दुले पनि छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरे ।
यो जीतसँगै सुदूरपश्चिम ७ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १ खेल खेल्न बाँकी रहेको काठमाण्डौको प्लेअफ सम्भावना कायमै छ । काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ ।
सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली हो । यसअघि साविक उपाधि विजेता लुम्बिनी लायन्स प्लेअफमा पुगेको थियो । यस्तै पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिइसकेको छ ।
सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ र जनकपुर ६ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।
News Desk 0 response शुक्रबार, कार्तिक २८, २०८३

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३


