

-
काठमाडौं : विराटनगरमा आजदेखि शुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप लगाए। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधानअनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताए ।
त्यस्तै, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताए। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गरे। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गरे।
बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदुरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी हुन सकेनन्। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने बताइएको छ ।
News Desk 0 response मङ्लबार, अशोज २७, २०८३

सम्बन्धित शीर्षकहरु
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


