

-
सिन्धुपाल्चोक ।बलेफी गाउँपालिका–६ नम्बर वडा कार्यालयमार्फत विनियोजित कृषि कार्यक्रमको बजेटमा कमिसनको खेल भएको आरोप लागेको छ। कृषि उपकरण खरिदका लागि छुट्याइएको बजेटबाट सहकारीलाई रकम उपलब्ध गराउने क्रममा कर्मचारीले कमिसन मागेको भन्दै गाउँपालिकामा उजुरी परेको छ।
News Desk 0 response आइतवार, अशोज १८, २०८३
बलेफी–६ का लागि आर्थिक वर्ष २०८२/८३ मा केराको थामबाट रेशा निकाल्ने प्रविधि प्रवर्द्धन गरी किसानको आयआर्जन बढाउने उद्देश्यले बजेट विनियोजन गरिएको थियो। सहकारी साझेदारी कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट मेसिन खरिद गर्ने योजना थियो।
उजुरीमा उल्लेख भएअनुसार श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेड, बलेफी–६ सँग साझेदारी कार्यक्रमका लागि सम्झौता गरी गाउँपालिकाको खातामा सहकारीको ५० प्रतिशत लागत सहभागिताबापत ६५ हजार ५ सय रुपैयाँ जम्मा गर्न भनिएको थियो। सहकारीले उक्त रकम गाउँपालिकाको खातामा जम्मा गरेपछि बैंक भौचर गाउँपालिकामा पेस गरेको पत्रमा उल्लेख छ।
तर, गाउँपालिकामा कार्यरत कृषि प्राविधिक चौथो तहका कर्मचारी सन्देश हमालले मेसिन खरिदमा कमिसन मागेको आरोप पत्रमा लगाइएको छ। कमिसन नपाएपछि बजेट फ्रिज गराउने अवस्था सिर्जना गरिएको र त्यसका कारण सहकारीका सदस्यहरू केराको फाइबर उत्पादन तथा बिक्री–वितरण कार्यक्रमबाट वञ्चित भएको दाबी गरिएको छ।
उजुरीमा सम्बन्धित कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न तथा निजबाट सोधभर्ना गराई सहकारीलाई तत्काल मेसिन खरिदका लागि रकम उपलब्ध गराउन माग गरिएको छ। साथै, कर्मचारीलाई उक्त कार्यालयबाट अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको छ।
उजुरीमा प्रमुख प्रशासकीय अधिकृतलाई निज व्यक्तिमाथि आवश्यक कारबाही गरी रकम असुलउपर गर्न र वडा अध्यक्षलाई सम्बन्धित निकायमा पहल गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


