

चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको सामान महंगो, सडक अवरोध नभएको तातोपानी खुलाउन पहल गर्न आवश्यक
-
चीनसँग जोडिएका तातोपानी, रसुवागढी–केरुङ र कोराला तीनवटै स्थलमार्गबाट व्यापार प्रभावित भएको छ । यी नाकाबाट खासगरी दसैं–तिहारका लागि ल्याइने लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, घर सजावटका सामग्री, झिलिमिली बत्ती, मूर्ति तथा विभिन्न व्यापारिक वस्तु आउँछन् । सयौँ कन्टेनर विभिन्न स्थानमा रोकिएका छन् ।
चीनबाट आउने लत्ताकपडा, इलेक्ट्रोनिक्स, गाडी र फोनजस्ता वस्तुमा केही मूल्य वृद्धि हुनु स्वाभाविक हो ।
यसपालि बजारमा मूल्य वृद्धिभन्दा पनि सामानको चरम अभाव हुने जोखिम बढी छ । दसैं–तिहार लक्षित लत्ताकपडा, जुत्ता–चप्पल, झिलीमिली बत्ती, मूर्ति, घर सजावटका सामग्री र इलेक्ट्रोनिक्स सामान डेढ महिनादेखि बाटोमै रोकिएका छन् ।दशैंमा नयाँ लुगा फेर्ने न्यून आय भएका परिवारलाई सामानको अभावले सबैभन्दा बढी असर गर्छ । काठमाडौंमा सामान आइपुगे पनि मेचीदेखि महाकालीसम्म पु¥याउन समय अभाव हुन्छ । तातोपानीतर्फ नेपालबाट सडक खुलिसकेको अवस्था छ । त्यसैले सरकारले चिनियाँ पक्षसँग विशेष कूटनीतिक पहल गरे केही सामान ल्याउन सकिने अवस्था हुन्छ ।
News Desk 0 response आइतवार, अशोज १८, २०८३
तातोपानीतर्फको बाटो क्लियर भइसकेको छ । सरकारले चिनियाँ पक्षसँग विशेष पहल गरे नाका छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ । ठूलो परिमाणका सामान हवाई मार्गबाट ल्याउन सम्भव छैन त्यसकारण पनि स्थलमार्ग अनिवार्य छ ।
चीनबाट सामान आउने तीनवटै स्थलमार्ग प्रभावित हुँदा बजारमा प्रत्यक्ष असर परेको छ । इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ता–चप्पल, मेसिनरी, हार्डवेयर, स्वास्थ्य तथा सर्जिकल सामग्रीमा समस्या देखिएको छ । स्वदेशी गार्मेन्ट, जुत्ता र फर्निचर उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत असर परेको छ । केरुग रहेको सामाना अर्कोतर्फ लैजाँदा प्रति कन्टेनर १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म अतिरिक्त खर्च थपिएको छ । सामान्य अवस्थामा करिब १ लाख रूपैयाँ लाग्ने ढुवानी भाडा अहिले ५ देखि ६ लाख रूपैयाँसम्म पुगेको छ । सामानको अभावका कारण बजारमा मूल्य २५ देखि ३० प्रतिशतसम्म बढेको छ । इलेक्ट्रोनिक्सदेखि कपडा, जुत्ता र उद्योगका कच्चा पदार्थसम्म यसको असर परेको छ । चीनबाट आउने वस्तुमा वास्तविक आपूर्ति समस्या देखिएको छ । त्यसले दैशैको मुखमा मूल्य बृद्धिको मार बढेको छ ।

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


