

-
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएका हुन्। पछिल्लो समय नीतिगत तथा राजनीतिक विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको टिप्पणी भइरहेका बेला बालेनले विदेश भ्रमणमा जाँदा वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिएर आफूहरूबीच कुनै खटपट नरहेको र विश्वासको सम्बन्ध यथावत् रहेको प्रस्ट सन्देश दिएका छन्।
प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। उनले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक तथा कार्यकारी जिम्मेवारी सम्हाल्ने गरी अर्थमन्त्री वाग्लेलाई कार्यवाहक तोक्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले डा। वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
बजेट, कर प्रणाली तथा पछिल्ला आर्थिक निर्णयहरूलाई लिएर प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच तालमेल नमिलेको र दुई नेताबीच शीतयुद्ध चलेको चर्चा भइरहेको थियो। तर, विदेश भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद्का अन्य वरिष्ठ मन्त्रीहरूको साटो अर्थमन्त्री वाग्लेमाथि नै विश्वास देखाउँदै कार्यवाहकको जिम्मेवारी सुम्पिनुले बाहिर आएका हल्लाहरूलाई विराम लगाइदिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, सरकारभित्र आर्थिक सुधार र नीतिगत समन्वयका लागि प्रधानमन्त्री र अर्थमन्त्रीबीच बलियो समझदारी आवश्यक रहेकाले बालेनले कार्यवाहकको जिम्मेवारीमार्फत सत्ता समीकरण र मन्त्रिपरिषद्भित्रको एकतालाई बलियो देखाउन खोजेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। न्यूयोर्क बसाइका क्रममा उनले विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछन्।
महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तन, दिगो विकास, भूपरिवेष्ठित राष्ट्रका चुनौती र समसामयिक विश्व राजनीतिबारे नेपालको दृष्टिकोण राखेर प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।प्रधानमन्त्री स्वदेश नफर्किएसम्म मन्त्रिपरिषद् र सरकार सञ्चालनको सम्पूर्ण कार्यकारी जिम्मेवारी कार्यवाहक प्रधानमन्त्रीका रूपमा डा। वाग्लेले नै सम्हाल्नेछन्।
News Desk 0 response मङ्लबार, अशोज ६, २०८३

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



