

-
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला गरिदिएको छ ।
कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवैको कार्यतालिका रोक्न माग गर्दै पेस भएको निवेदन दरपीठ आदेश सदर गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सर्वोच्च प्रशासनले गरेको दरपीठ बुधबार सदर गरेसँगै कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।
‘‘प्रस्तुत निवेदन माग बमोजिमको नेपाली कांग्रेसको महाअधिवेशन सम्बन्धी कुनै पनि कार्य रोकी स्थगित गर्नु पर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिँदा,’’ आदेशमा भनिएको छ, ‘‘यी निवेदकले दर्ता गर्न ल्याएको प्रस्तुत रिट निवेदन दर्ता गर्न नमिल्ने आधार कारण समेत खुलाई यस अदालतका रजिस्ट्रारबाट मिति २०८२-०५-२९ मा भएको दरपिठ आदेश बेरितको नदेखिँदा बदर गर्नु परेन । कानुनबमोजिम गर्नू ।’’
कांग्रेसको आधिकारिकता विवाद र निर्वाचन आयोगको निर्णयका पक्षमा यसअघि भएको फैसलामाथि पुनरवलोकनको माग राखेर पुगेको विवाद विचाराधीन रहेको अवस्थामा महाअधिवेशन रोक्नु पर्ने माग राखेर अधिवक्ता मणिराम उपाध्यायले रिट दिएका थिए ।
News Desk 0 response बुधबार, भदौ ३१, २०८३

सम्बन्धित शीर्षकहरु
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने
मङ्लबार, भदौ ३०, २०८३
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न, असोज १ बाट दुईतर्फी गाडी चल्ने
मङ्लबार, भदौ ३०, २०८३-
सर्वोच्चद्वारा कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला
बुधबार, भदौ ३१, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३
-
सर्वोच्चद्वारा कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला
बुधबार, भदौ ३१, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३



