

-
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उनले यो प्रतिबद्धता जनाएका हुन् ।
पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत–साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले विपद्का बेला सङ्घ, प्रदेश र पालिकाबीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गरे । विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यस पटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उनको भनाइ छ ।
यस्तै सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सडक खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उनले व्यक्त गरे ।
नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले बताए।
सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित ठाउँमा वैज्ञानिक ढङ्गले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ । नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ । यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी सङ्घ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
News Desk 0 response सोमवार, भदौ २९, २०८३

सम्बन्धित शीर्षकहरु
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने
मङ्लबार, भदौ ३०, २०८३
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न, असोज १ बाट दुईतर्फी गाडी चल्ने
मङ्लबार, भदौ ३०, २०८३-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३
-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३



