

-
काठमाडौं । विनाशकारी बाढीका कारण पुल भत्किएर सडक सम्पर्क प्रभावित भएकामध्ये तीन स्थानमा तत्काल बेलिब्रिज राख्ने विषयमा सरकारले अध्ययन थालेको छ।
प्रधानमन्त्री बालेन शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइरहेको जानकारी गराएका हुन् ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका अधिकांश स्थानमा पुल भत्किएपछि आवतजावत प्रभावित भएको छ। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटर लम्बाइको एउटा बेलिब्रिज उपलब्ध छन्। तीमध्ये आवश्यकताअनुसार तीन स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको हो।
यसैबिच भारत सरकारबाट २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। भारतले थप सात वटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ भने चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुने प्रधानमन्त्री शाहले जानकारी दिए।
यसअघि बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग सडक सञ्जालमा पुनः जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएको प्रधानमन्त्री शाहले बताए।
News Desk 0 response सोमवार, भदौ १५, २०८३

सम्बन्धित शीर्षकहरु
-
रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३..
सोमवार, भदौ १५, २०८३ -
रसुवा बाढी : राहत सङ्कलन र वितरण..
सोमवार, भदौ १५, २०८३ -
तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न सरकारले थाल्यो..
सोमवार, भदौ १५, २०८३ -
सरकारलाई ‘फोकटको सल्लाह’ दिने प्रदेश सचिव टिमुरेमा..
आइतवार, भदौ १४, २०८३ -
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३
-
रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३..
सोमवार, भदौ १५, २०८३ -
रसुवा बाढी : राहत सङ्कलन र वितरण..
सोमवार, भदौ १५, २०८३ -
तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न सरकारले थाल्यो..
सोमवार, भदौ १५, २०८३ -
सरकारलाई ‘फोकटको सल्लाह’ दिने प्रदेश सचिव टिमुरेमा..
आइतवार, भदौ १४, २०८३ -
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३



