

-
कास्की । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ ।
प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । गत वर्ष विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार धनराशि पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई समेत रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।
‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट एक जना राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई रु ३५ हजार, प्रमाणपत्र तथा दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा साविक विजेता थ्रीस्टार क्लब तथा उपविजेता त्रिभुवन आर्मी क्लबसहित मनाङ मस्र्याङ्दी, ब्रिगेट ब्याइज, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सङ्कटा, झापा ११ फुटबल, क्लब, गान्टोङ सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखरा गरी १० टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।
पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस् हब’का रुपमा परिचित गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनुका साथै नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर उपलब्ध गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास आयोजकको छ । अध्यक्ष थापाले प्रतियोगितास्थलका बारेमा केही आशङ्का रहेकामा राष्ट्रिय खेलकूद परिषद्ले निर्माणाधीन पोखरा फुटबल रङ्गशालामा नै प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएसँगै आशङ्का हटेको र विभिन्न १४ उपसमिति गठन गरेर प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले फुटबल रङ्गशालाको प्यारापिटमा हालसम्म १३ हजार ५०० कुर्सी जडान गरिसकिएकाले प्रतियोगिता सञ्चालनमा कठिनाई नहुने तथा प्रतियोगिता शुरु हुने बेलासम्म १६ हजार कुर्सी जडान भइसक्ने बताउनुभयो । सहाराले प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गरिरहेका छन् । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



