• काठमाण्डौँ ।

    आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ । ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास लैजान नेपाल आयल निगमले अनुरोध गरेको छ ।
    आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ ।