

-
काठमाडौं : गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ गरेर आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा दरबन्दी मिलान गरेको छ ।
नयाँ सर्वेक्षण अनुसार मन्त्रालयमा रहेको सहसचिवको दरबन्दी घटाइएको छ भने त्यो भन्दा तल्लो तहका पदको दरबन्दी बढाइएको छ ।
मन्त्रालयमा कुल ४ हजार ४८२ कर्मचारीको दरबन्दी रहेकोमा त्यो बढाएर ४ हजार ६११ पुर्याइएको छ । जसअनुसार मन्त्रालय अन्तर्गतको कुल दरबन्दीमा १२९ कर्मचारी थप गरिएको छ ।
निजामती कर्मचारीको प्रथम श्रेणी सहसचिवको दरबन्दी भने नयाँ ओएण्डएममा घटाइएको छ । एक जना सचिवको दरबन्दी यथावत् छ । बाँकी पदका दरबन्दी भने थप गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले नयाँ ओएण्डएमको प्रतिवेदन स्वीकृत भएको र त्यसमा सहसचिवको दरबन्दी घटेको जानकारी दिए । साबिकमा गृह मन्त्रालय अन्तर्गत ७५ सहसचिवको दरबन्दी रहेकोमा त्यो सङ्ख्या ९ जना घटाएर ६६ जना कायम गरिएको छ ।
६ जना उपसचिवको दरबन्दी बढाइएको छ । साबिकमा १५५ जना उपसचिवको दरबन्दी रहेकोमा बढाएर १६१ पुर्याइएको छ ।
नयाँ ओएन्डएम सर्वेक्षणबाट शाखा अधिकृत, नायब सुब्बा खरिदार, मन्त्रालय अन्तगत स्वास्थ्य सेवामा काम गर्ने कर्मचारी र श्रेणीविहिन कर्मचारीको दरबन्दी भने बढाइएको छ ।
शाखा अधिकृत पदमा ५३ दरबन्दी थप गरिएको छ । साबिकमा ५९१ शाखा अधिकृतको दरबन्दी रहेकोमा बढाएर ६४४ पुर्याइएको हो । त्यसैगरी, नायब सुब्बा पदमा ५१ दरबन्दी थप गरिएको छ । १ हजार ३७० जनाको दरबन्दी रहेकोमा थप गरेर १ हजार ४२१ पुर्याइएको हो ।
मन्त्रालयको साउन २५ गतेको निर्णयअनुसार खरिदारको दरबन्दी पनि ३ जना थप गरिएको छ । ७१४ जनाको दरबन्दी रहेकोमा बढाएर ७१७ पुर्याइएको हो । त्यस्तै स्वास्थ्य सेवामा ९एकमुष्ट० ८ दरबन्दी थप गरिएको छ । १३८ जनाको दरबन्दी रहेकोमा बढाएर १४६ पुर्याइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
श्रेणीविहीन कर्मचारीका पनि १७ पद थप गरिएको छ । अहिलेसम्म गृह मन्त्रालय अन्तर्गत १ हजार ४३८ जनाको दरबन्दी रहेकोमा बढाएर १ हजार ४५५ पुर्याइएको हो ।
यो निर्णय अझै कार्यान्वयनमा भने आइसकेको छैन । छिटै कार्यान्वयनको चरणमा जाने बुझिएको छ ।
News Desk 0 response बुधबार, साउन २७, २०८३

सम्बन्धित शीर्षकहरु
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३



