

-
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक आवेदन दिएका ६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल आयल निगमले बिहीबार सूचना जारी गर्दै कार्यकारी निर्देशक पदपूर्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
सिफारिस समितिको असार १ गतेको निर्णयअनुसार असार २ गते गोरखापत्र राष्ट्रिय दैनिक तथा मन्त्रालयको वेबसाइटमार्फत आवेदन आह्वान गरिएको थियो। असार २३ गतेसम्म रीतपूर्वक प्राप्त भएका आवेदनका आधारमा दर्ता क्रमसंख्याअनुसार उम्मेदवारहरूको नामावली प्रकाशित गरिएको निगमले जनाएको छ।
सार्वजनिक गरिएको सूचीअनुसार कार्यकारी निर्देशक पदका लागि छवि राज पोखरेल, कौशल के।सी।, सञ्जिव कुमार देव, सी।ए। नगेन्द्र साह, सरोज कुमार शर्मा र दिपेन्द्र कुमार देव प्रतिस्पर्धामा छन्।
निगमका अनुसार उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तथा स्थान सम्बन्धी सूचना भने पछि प्रकाशित गरिनेछ।
News Desk 0 response बिहिबार, असार २५, २०८३

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



