

-
काठमाडौं : काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ । पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशका ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको हो ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल चैत ४ गते मोरङबाट सुरु भएको बर्डफ्लु संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको हो ।
बर्डफ्लु नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ठूलो संख्यामा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ । त्यस्तै, ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कोसी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा बर्डफ्लु नियन्त्रणमा आइसकेको छ । यसअघि कोसी प्रदेशमा रोग नियन्त्रणका लागि गृह मन्त्रालयको समन्वयमा लगाइएको एक महिने पन्छी ओसारपसार प्रतिबन्धसमेत खुकुलो बनाइएको छ ।
तर, काठमाडौं, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भने पछिल्लो समय संक्रमण बढ्दो क्रममा रहेको विभागले जनाएको छ । देशमा देखिएको भाइरसको स्वरूपमा कुनै परिवर्तन आएको छ वा छैन भन्ने अध्ययनका लागि भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा सुरु गरिएको विभागले जानकारी दिएको छ ।
बर्डफ्लु नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ । रोग पुष्टि भएका स्थानमा आकस्मिक रोग अन्वेषण टोली र द्रूत कार्यदल परिचालन गरी संक्रमित पन्छी तथा सामग्री नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ ।
परीक्षणका क्रममा बर्डफ्लुका साथै ‘लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’, रानिखेत र इकोलाईजस्ता रोगसमेत देखिएको विभागले जनाएको छ । यसले गर्दा पन्छीपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागले फार्ममा जैविक सुरक्षाका उपाय कडाइका साथ लागु गर्न, पुराना अण्डाका कागजका क्रेट पुनः प्रयोग नगर्न, जंगली पन्छी र घरपालुवा पन्छीबीच सम्पर्क हुन नदिन तथा दाना र पानीमा समेत सावधानी अपनाउन किसानलाई अनुरोध गरेको छ ।
त्यस्तै, पन्छी तथा पन्छीजन्य सामग्री ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने विभागले जनाएको छ । कुनै फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी भएमा वा एकैपटक ठूलो संख्यामा पन्छी मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ ।
News Desk 0 response मङ्लबार, असार ९, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


