

-
काठमाडौं : सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने विषय भने टीओआरमा स्पष्ट गरिएको छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४५ तथा राजदूत नियुक्ति निर्देशिका–२०७५ (२०७९ मा संशोधित) अनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
कार्यविधि अनुसार राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरह मानिनेछ र कार्यकाल चार वर्षको हुनेछ । हाल नेपालका १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन्।
राजदूत र परराष्ट्र सेवाका कूटनीतिक नियोगमा खुला प्रतिस्पर्धाबाट भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अष्ट्रिया, बहराइन, बङ्गलादेश, मलेसिया, ओमान, साउदी अरेबियालगायतमा नियुक्त गरिनेछ ।
आवेदकले अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने भनिएको छ।
आवेदक नेपाली नागरिक हुनुपर्ने, कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने तथा कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास सुविधा नलिएको हुनुपर्ने व्यवस्था गरिएको छ। भ्रष्टाचार वा नैतिक पतन देखिने अपराधमा दोषी ठहर भएको व्यक्ति अयोग्य हुनेछन्।
त्यस्तै नेपाल सरकारको सेवाबाट बर्खास्त नभएको, वैदेशिक सहायता प्राप्त गैरसरकारी संस्थामा कार्यरत नभएको, प्रस्तावित देशसँग स्वार्थ बाझिने अवस्था नरहेको तथा उच्च नैतिक चरित्र भएको हुनुपर्ने मापदण्ड पनि तय गरिएको छ । अंग्रेजी भाषामा राम्रो दक्खल आवश्यक हुने तथा सम्बन्धित मुलुकको भाषा जान्नेलाई थप लाभ मिल्ने मन्त्रालयले जनाएको छ।
News Desk 0 response बिहिबार, जेष्ठ १४, २०८३

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



