

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ । बेइजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङ्गटन प्रस्थान गरेका बीबीसीले जनाएको छ ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय’ भनेर वर्णन गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ‘ऐतिहासिक र कोशेढुङ्गा’ बताएका छन् । यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन ।
ट्रम्पले यात्राका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ । दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो ।
यसअघि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए।
अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ । उनका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ। यद्यपि अहिलेसम्म दुवै पक्षले वार्ताको नतिजा वा कुनै औपचारिक सम्झौताको बारेमा सीमित जानकारी मात्र साझा गरेका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ १, २०८३

सम्बन्धित शीर्षकहरु
-
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३ -
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३
-
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३ -
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
१६ वर्षमा १५ जलबिद्युत आयोजना, लगानीकर्तालाई नाफा..
बिहिबार, बैशाख ३१, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



