

-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन् । झन्डै १ दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो । यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ ।
ट्रम्पले चीनसँग व्यापार, प्रविधि र भू–राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतिक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गरेका छन् ।
यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ गएका छन् ।
एनभिडियाका प्रमुख जेन्सेन हुआङ, टेस्ला प्रमुख एलन मस्क, एप्पलका प्रमुख टिम कुकसहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू चीन भ्रमणमा सहभागी भएका छन् ।
ट्रम्पको चीन भ्रमण व्यापारिक सम्बन्ध सुधारको प्रयासबीच ताइवान, इरान युद्ध र कृत्रिम बौद्धिकता ९एआई० प्रतिस्पर्धाजस्ता संवेदनशील विषयले वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ ।
ह्वाइट हाउसबाट प्रस्थानअघि ट्रम्पले पत्रकारसँग कुरा गर्दै इरानबारे सी जिनपिङसँग ‘लामो वार्ता’ हुने अपेक्षा व्यक्त गरे। चीनले अमेरिकी प्रतिबन्धका बाबजुद इरानी तेल किनिरहेकाले यो विषय वार्ताको केन्द्रमा रहने अनुमान छ ।
चीन मध्यपूर्वमा बढ्दो तनावप्रति चिन्तित देखिएको छ । चिनियाँ विदेश मन्त्रालयले हिजो पाकिस्तानलाई इरान र अमेरिकाबीचको संवाद प्रक्रियामा मध्यस्थता प्रयास बढाउन आग्रह गरेको थियो ।
सन् २०१७ पछि ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सि सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ ।ट्रम्पले अस्ति ताइवानसँग सम्बन्धित अमेरिकी रक्षा सहकार्यबारे पनि चिनियाँ समकक्षी सीसँग छलफल हुने सङ्केत गर्नुभएको थियो । चीनले ताइवानलाई आफ्नो अभिन्न भाग मान्दै आएको छ भने अमेरिकाले ताइवानसँग विभिन्न तहमा सुरक्षा सहयोग कायम राख्दै आएको छ । यही विषय दुई देशबीच समय–समयमा विशेष चासोको विषय बन्ने गरेको छ ।
दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षासम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेन्डा बन्ने अपेक्षा छ ।
गएको अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि ट्रम्प र सीबीच शुरू भएको व्यापार युद्धविरामलाई थप १ वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने तयारी छ ।
बेइजिङमा शिखर सम्मेलनअघि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख चोकहरूमा प्रहरी परिचालन बढाइएको तथा मेट्रोमा यात्रुहरूको परिचयपत्र जाँच भइरहेको छ ।
अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू–राजनीतिक क्षेत्रमा एकअर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन् । त्यसका बाबजुद दुवै पक्षले सम्बन्ध पूर्णरूपमा बिग्रिन नदिने प्रयास गरिरहेका छन् ।
ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दाबी गर्दै आउनुभएको छ । ‘राष्ट्रपति सीसँग मेरो धेरै राम्रो सम्बन्ध छ । उहाँलाई थाहा छ, म द्वन्द्व चाहन्नँ’, ट्रम्पले भने।
सन् २०१७ यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनावबीच दबावमा परेको देखिन्छ ।
यद्दपि चीनको अर्थतन्त्र पनि चुनौतीरहित छैन । कमजोर घरेलु माग, सुस्त उपभोग र रियल स्टेट क्षेत्रमा ऋण सङ्कटले चीनमाथि आर्थिक दबाव बढाइरहेको छ । यही अवस्थामा हुन लागेको ट्रम्प–सी शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको आँकलन छ ।
News Desk 0 response बुधबार, बैशाख ३०, २०८३

सम्बन्धित शीर्षकहरु
-
१६ वर्षमा १५ जलबिद्युत आयोजना, लगानीकर्तालाई नाफा..
बिहिबार, बैशाख ३१, २०८३ -
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कालोबजारी..
बिहिबार, बैशाख ३१, २०८३ -
इरानसँग आणविक हतियार हुनुहुँदैन भन्नेमा ट्रम्प र..
बिहिबार, बैशाख ३१, २०८३ -
प्रधानमन्त्रीले तीन वटा मन्त्रालय आफैसँगै राखे
बिहिबार, बैशाख ३१, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३
-
१६ वर्षमा १५ जलबिद्युत आयोजना, लगानीकर्तालाई नाफा..
बिहिबार, बैशाख ३१, २०८३ -
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कालोबजारी..
बिहिबार, बैशाख ३१, २०८३ -
इरानसँग आणविक हतियार हुनुहुँदैन भन्नेमा ट्रम्प र..
बिहिबार, बैशाख ३१, २०८३ -
प्रधानमन्त्रीले तीन वटा मन्त्रालय आफैसँगै राखे
बिहिबार, बैशाख ३१, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



