

-
काठमाडौं : अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् ।
‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर ९ हजार शैक्षिक संस्था प्रभावित भएका छन् ।
विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटक्वाइनमा फिरौती मागिएको सन्देश देखिएको थियो । ह्याकर समूह शाइनीहन्टर्सले इन्स्ट्रक्चर कम्पनीलाई पैसा नतिरे डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए । अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालयलगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन् ।
अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ । क्यानडाका ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन् । विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्ट हराउने चिन्ता व्यक्त गरेका छन् । केहीले व्यक्तिगत विवरण चुहिने डरसमेत बढेको बताएका खबरमा उल्लेख छ ।
क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’ले अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । तर केही विश्वविद्यालयमा समस्या अझै कायम रहेको छ । यस घटनापछि अमेरिकामा साइबर सुरक्षालाई थप मजबुत बनाउन माग बढेको छ ।
अमेरिकी संसद्का शीर्ष नेताले सरकारलाई कृत्रिम बुद्धिमत्ता ९एआई० को युगमा बढ्दो साइबर जोखिमविरुद्ध तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।
News Desk 0 response आइतवार, बैशाख २७, २०८३

सम्बन्धित शीर्षकहरु
-
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३ -
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै,..
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३
-
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३ -
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३ -
ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण..
आइतवार, असार २१, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



