

-
काठमाडौं : एक महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज बेलुकी संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गएको चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको रूपमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।
वरिष्ठतालाई आधार मानिए मल्ल नै स्वतः प्रधानन्यायाधीशमा सिफारिस हुनुहुनेछ । तर, विगतमा दलसँग जोडिएका न्यायाधीशहरूप्रति प्रधानमन्त्री वालेन्द्र शाह अनुदार रहेकाले वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा तोडिन सक्ने अड्कलबाजी भइरहेको छ ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले वरिष्ठताका आधारमा ६ न्यायाधीशको नाम सिफारिस गरिसकेको छ । त्यसमा वरिष्ठतम न्यायाधीश मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा।मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ छन् । उनीहरूमध्येबाटै संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।
हालै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार ६ सदस्यीय न्याय परिषदमा प्रधानमन्त्रीलाई बहुमत आवश्यक पर्दैन । चार सदस्यको उपस्थितिमा प्रधानमन्त्रीसहित तीन सदस्यले निर्णय लिन सक्नेछन् । प्रधानन्यायाधीश नियुक्तिमा कानुनमन्त्री पनि सहभागी रहन्छन् । प्रधानमन्त्री शाह, सभामुख डिपी अर्याल र कानुनमन्त्री सोबिता गौतमले आफूले चाहेको प्रधानन्यायाधीश सिफारिस गर्न सक्छन् ।
वरिष्ठताकै आधारमा नियुक्त भए सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी प्रधानन्यायाधीश हुनेछन् । तर प्रधानमन्त्री शाहले मल्ल, रेग्मी र फुयाँलभन्दा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठमध्ये एकलाई प्रधानन्यायाधीश बनाउन खोजेको चर्चा छ । उनीहरू दुवै न्याय सेवाबाट आएका हुन् ।
News Desk 0 response बिहिबार, बैशाख २४, २०८३
अहिलेसम्म प्रधानन्यायाधीशको वरिष्ठता मिचिएको छैन । नियुक्तिमा वरिष्ठता र योग्यता दुवैलाई मुख्य आधार मान्नुपर्ने सर्वोच्च अदालतको पुरानो नजिर छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



