

-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले द्रुत गतिमा काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् ।
आज पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले नागरिकले दिएको म्यान्डेटअनुसार छिटो छरितो रूपमा काम गर्नका लागि अध्यादेश ल्याएको बताए । अहिले कानूनी प्रक्रियाका झन्झटले सामान्य काम गर्न पनि ३–४ महिना लाग्ने अवस्था रहेको उनको भनाइ छ ।
अध्यादेश कुनै व्यक्ति, संस्था वा दल विशेषलाई लाभ पुर्याउने उद्देश्यले नभई जटिल प्रक्रियाबाट रोकिएका कामहरूलाई गति दिन ल्याइएको प्रमुख सचेकत बुर्लाकोटीले उल्लेख गरे। उनले विशेषगरी सहकारी पीडितहरूको रकम फिर्ता गर्ने प्रक्रिया र संवैधानिक नियुक्तिहरूलाई छिटो टुङ्ग्याउन अध्यादेश आवश्यक रहेको बताए । असल नियत राखेर नै अध्यादेश ल्याइएको उनले जिकिर गरे।
यसैबीच रास्वपाका सभापति रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति लामिछानेले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र भूमिकाबारे निर्देशन दिएका हुन्। जनप्रतिनिधिका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै कठिनाइ भए आफू आवश्यक सहजीकरणका लागि तयार रहेको जनाउँदै उनले सधैँ बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध गरे।
यस्तै लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताए । उनले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने उल्लेख गरे।
News Desk 0 response बुधबार, बैशाख १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



