

-
इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् । उनी अस्ति शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट गएका थिए । निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट सकेपछि रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र अमेरिकाले विजय हासिल गर्ने दाबी गरेका छन् । उनले इरान वार्ताका लागि इच्छुक भए सिधै संवाद गर्न सक्ने समेत बताएको खबरमा उल्लेख छ । यसअघि ट्रम्पले पाकिस्तानमा प्रस्तावित अमेरिकी प्रतिनिधिमण्डलको बैठक रद्द गरेका थिए ।
हिजो इस्लामाबाद पुगेपछि इरानका विदेशमन्त्री अराघचीले पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरसँग भेट गरेका छन्। विश्लेषकहरूका अनुसार उनले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः शुरु गर्न प्रस्तावित रूपरेखा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
उनले क्षेत्रीय कूटनीतिक पहललाई तीव्र बनाउँदै कतार, साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूसँग टेलिफोन संवाद गरेका खबरमा भनिएको छ । ती वार्तामा युद्धविराम, क्षेत्रीय सुरक्षा अवस्था र अमेरिका–इरानबीच चलिरहेको तनावबारे छलफल भएको हो ।
यद्यपि अमेरिकी सेनाले इरानमाथि लगाइएको नाकाबन्दी कडाइका साथ कार्यान्वयन गरिरहेको छ । यसले क्षेत्रीय तनाव भने अझै कायम रहने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।
News Desk 0 response सोमवार, बैशाख १४, २०८३

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



