

-
इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा तीन वटा मालवाहक जहाजमाथि आक्रमण र दुई वटालाई नियन्त्रणमा लिएपछि मध्यपूर्वमा चलिरहेका कूटनीतिक प्रयासहरू झनै जटिल बनेका छन् । इरानको अर्धसैनिक रिभोलुशनरी गार्डले गरेको आक्रमणबाट जहाजहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि विस्तार गर्ने घोषणा गरेको केही समयपछि यो घटना भएको हो । तर इरानले यो विस्तारलाई औपचारिक रूपमा स्वीकार गरेको छैन ।
अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राख्ने घोषणा गरेपछि इरानले त्यसलाई ‘अस्वीकार्य’ भनेको छ । यही कारणले इस्लामाबादमा प्रस्तावित वार्तामा अझै इरानको औपचारिक सहभागिता अनिश्चित बनेको छ ।
यसैबीच पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउन कूटनीतिक प्रयास तीव्र बनाएको खबरमा उल्लेख छ । पहिलो चरणको वार्ता अप्रिल ११ र १२ मा कुनै निष्कर्षविना सकिएको थियो । दोस्रो चरणका लागि अझै अनौपचारिक सहमति नभए पनि पाकिस्तानले इरानले प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले वार्ता प्रक्रिया सहज बनाउन युद्धविराम विस्तारको स्वागत गर्दै कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनले पाकिस्तानलाई दिइएको विश्वासप्रति आभार व्यक्त गर्दै द्वन्द्व समाधानका लागि वार्तामार्फत प्रयास चलिरहने बताएका छन् ।
अघिल्लो वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र होर्मुज जलमार्गका विषय प्रमुख विवादका विन्दु बनेका थिए । अहिले इरानले अमेरिकाबाट नयाँ प्रस्ताव प्राप्त भएको स्वीकार गरे पनि दुवै पक्षबीच अझै ठूलो दूरी कायम रहेको सङ्केत दिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ९, २०८३

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



