• काठमाडौं : स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा पनि हप्ताको दुईदिन (शनिबार र आइतबार) बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।

    मन्त्रालयका अनुसार, बिदाको समयमा पनि बिरामीको उपचारमा कुनै बाधा नपुग्ने गरी ओपीडी र आकस्मिक सेवा २४सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।