

-
अमेरिका इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको छ । र, अब अर्को वार्ता हुन्छ वा दुवै पक्ष सिधै वारपारको युद्धमा लाग्छन् रु अहिले नै यकिन भन्न सकिदैन ।
दुवै पक्षविच मध्यस्तता गरिरहेको पाकिस्तानले फेरि पनि वार्ताको लागि पहल गर्ने बताइरहेको छ ।
अमेरिकाले युद्ध सफल नभए इरानको अस्तित्व नै समाप्त पारिदिने बताउंदै युद्ध शुरु भएपछि इरानको सामरिक र आर्थिक अवस्था जर्जर हुँदै गरेको छ । तर, अमेरिकाको त्यो दावि पछिल्ला केही रिपोर्टहरुले भने त्यसलाई खण्डन गरेका छन् । इरानले स्ट्रेट अफ हरमुजमार्फत युद्धको विचमै पनि निकै ठूलो आम्दानी गरेको र त्यसबाट देशको आर्थिक अवस्थालाई टिकाउन सहयोग पुगेको देखाएको छ ।
रिपोर्टअनुसार युद्ध सुरु भएदेखि नै इरानले तेलको बिक्रीबाट बम्पर भन्न मिल्ने गरि निकै ठूलो आम्दानी गरेको छ । होर्मुजमाथिको आफ्नो नियन्त्रणको कारण त्यहाँबाट पार हुने जहाजहरुबाट लाखौं डलरको दरले रकम असुलेको कारण युद्ध शुरु भए यता अर्बौं डलर आम्दानी गरेको र त्यसले युद्ध बजेट व्यवस्थापनमा सहयोग पुगेको बताइएको छ ।
ब्लुमबर्गले यसअघि नै इरानले युद्ध सुरु भएदेखि तेलको बिक्रीबाट दैनिकरुपमै करोडौं डलर कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो । युद्ध शुरु भएपछि उस्ले केही समय पूर्णरुपमा स्ट्रेट अफ हरमुज बन्द गर्यो । तर, पछि अमेरिका र इजरायल तथा उस्लाई समर्थन गर्ने देशहरुवाहेक अरुलाई नरोकिएको घोषणा गर्यो । तर, युद्धका कारण पूर्णरुपमा संचालन भएन । तै पनि कैंयौको संख्यामा पानी जहाजहरुले उक्त समुद्री नाका पार गरेका थिए । तर, तिनीहरुसंग इरानले प्रति जहाज २० लाख डलरसम्म असुल गरिरहेको समाचार यस अगाडि नै सार्वजनिक भएको छ ।
यो नाका भएर विश्वभरका झण्डै २० प्रतिशत पेट्रोलियम पदार्थको ढुवानी हुने र अन्य वस्तुहरुको पनि ठूलो मात्रामा ढुवानी हुने गरेको बताइदैं आएको छ ।
अमेरिकाले स्टेट अफ हरमुज इरानको नियन्त्रणबाट बाहिर राखिनु पर्ने र त्यो समुद्री नाका भएर वारपार गर्ने जहाजहरुबाट कुनै पनि रकम लिन नपाउने बताउंदै आएको छ । तर, इरानले अमेरिकाको त्यो प्रस्तावलाई ठाडै अस्विकार गर्दै आएको छ । पाकिस्तानमा भएको वार्ता असफल हुनुको मुख्य कारण पनि यही भएको बताइएको छ । इरान कुनै पनि शर्तमा आफ्नो मुख्य आम्दानीको स्रोतको रुपमा रहेको स्ट्रेट अफ हरमुजमा नियन्त्रण गुमाउन नचाहने देखिएको छ ।
अब युद्ध चर्किएमा त्यसको केन्द्रविन्दु स्ट्रेट अफ हरमुज हुने निश्चित छ । त्यस्ले युद्धरत् इरान तथा अमेरिका र इजरायललाई कस्तो असर पार्ला रु वा स्ट्रेट अफ हरमुज बन्द भएर त्यसको असर विश्वको ढुवानी प्रकृयामा कति समयसम्म कस्तो असर पार्ला ? अहिले नै यसै भन्न सकिदैन । तर, स्ट्रेट अफ हरमुजकै कारण इरानको अर्थतन्त्र टिकीरहेकोले अब लडाईको केन्द्र विन्दु त्यही क्षेत्र हुने निश्चित देखिएको छ ।
News Desk 0 response आइतवार, चैत्र २९, २०८२

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३ -
मध्यपूर्व युद्धका बाबजुद चीनको आर्थिक वृद्धि अपेक्षाभन्दा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३
-
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३ -
आज देशका थोरै ठाउँमा छिटपुट वर्षाको सम्भावना
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२



