

-
इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा सबै रेल सेवा रद्द भएको छ । रेल सेवामा आक्रमण गर्ने इजरायलको चेतावनीपछि सावधानीका रूपमा अर्को सूचना नभएसम्मका लागि रेल सेवा रद्द गरेको मशहदका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गभर्नर हसन होसेनीले अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुहरूका लागि सडक यातायातको व्यवस्था गरेको बताएका छन् ।
यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले इरानका नागरिकलाई आज रेलमा यात्रा नगर्न चेतावनी दिएको थियो । राजधानी तेहरानको दक्षिणी क्षेत्रसहित इरानका केही भागहरूमा आवासीय क्षेत्रहरू नजिकै रेल ट्र्याकहरू रहेका छन् ।
मध्यपूर्वमा चलिरहेको अमेरिका–इजरायल र इरानबीचको युद्धमा नागरिक पूर्वाधारहरूलाई लक्षित गर्दै आक्रमण भइरहेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिए पनि इरान हर्मुज जलमार्ग नखोल्नेमा अडिग रहेको छ । ट्रम्पले दिएको समयसीमा नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे सकिन्छ । तर इरान त्यसको बेवास्ता गर्दै जलमार्ग नखोल्ने अडानमा कायम रहेको बीबीसीले जनाएको छ ।
इरानी सरकारले विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा सङ्गठनहरूलाई पावर प्लान्ट आसपास मानवसाङ्लो बनाएर उभिन अपील गरेको छ ।
पाकिस्तानको मध्यस्थतामा अमेरिकाले तत्काल युद्धविराम गर्न राखेको प्रस्ताव पनि इरानले अस्वीकार गरेको छ । प्रस्तावमा हर्मुजको नाकाबन्दी हटाउने र त्यसको १५ देखि २० दिनभित्र बृहत्तर शान्ति सम्झौताका लागि वार्ता गर्ने प्रस्ताव थियो । इरानले त्यसलाई अस्वीकार गरेर १० बुँदे प्रस्ताव पठाएको छ ।
यसअघि वार्ता चलिरहेको बेलामा अमेरिकाले आक्रमण गरेका कारण इरानले युद्धविराम नभएर स्थायी सम्झौता गर्न खोजेको छ । इरानको प्रस्तावमा अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा चलिरहेका सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि मापदण्ड, आफूविरुद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएको छ ।
ट्रम्पले दिएको समयसीमा अघि नै ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका भए पनि त्यो प्रयास सफल हुने सम्भावना कम हुँदै गएको रोयटर्सले उल्लेख गरेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



