

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र उनका नीतिहरूको विरोधमा अमेरिकाका विभिन्न सहरहरूमा व्यापक प्रदर्शन भइरहेका छन्।
यो ‘नो किंग्स’ अभियान अन्तर्गतको तेस्रो चरणको र्याली हो, जसमा लाखौँ मानिसहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पले इरानसँग सुरु गरेको युद्ध, सङ्घीय अध्यागमन कानुन र बढ्दो महँगीको चर्को विरोध गरेका छन्।आयोजकहरूका अनुसार ट्रम्पले लोकतान्त्रिक मूल्य मान्यता विपरीत ‘निरंकुश शासक’ले जस्तो व्यवहार देखाउन थालेकाले आन्दोलन गर्नुपरेको हो। आयोजकले भनेका छन्, ‘शक्ति जनताको हातमा हुनुपर्छ, आफूलाई राजा ठान्ने व्यक्ति वा उनका अर्ब पति साथीहरूको हातमा होइन।’
यता ह्वाइट हाउसका प्रवक्ताले भने यी प्रदर्शनहरूलाई ‘ट्रम्प डिरेन्जमेन्ट थेरापीु को संज्ञा दिएका छन्। उनले यी प्रदर्शनहरूबारे चासो राख्नेहरू’ केबल प्रायोजित पत्रकार मात्रैू भएको टिप्पणी गरे।
प्रमुख सहरहरूमा जनसागर
शनिवार न्युयोर्क, वासिङ्टन डिसी र लस एन्जलससहित अमेरिकाका लगभग सबै प्रमुख सहरहरूमा प्रदर्शन भए। वासिङ्टन डिसीको लिंकन मेमोरियल र नेसनल मल प्रदर्शनकारीले खचाखच भरिएको थियो। अघिल्ला प्रदर्शनहरूमा जस्तै यस पटक पनि प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र प्रशासनका अन्य उच्च अधिकारीहरूको पुत्ला बोकेका थिए। उनीहरूले ट्रम्पलाई पदबाट हटाउन र पक्राउ गर्न माग गर्दै नाराबाजी गरेका थिए।मिनेसोटा घटनाले थप्यो आक्रोश
शनिवारको एउटा प्रमुख प्रदर्शन मिनेसोटामा भयो। गत जनवरीमा सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीमा दुई अमेरिकी नागरिक—रेनी निकोल गुड र एलेक्स प्रिटी—मारिएपछि ट्रम्पको आप्रवासन नीतिविरुद्ध देशभर आक्रोश फैलिएको छ। सेन्ट पलस्थित स्टेट क्यापिटल बाहिर भएको सभामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले सम्बोधन गरेका थिए। सो अवसरमा चर्चित गायक ब्रुस स्प्रिंगस्टीनले आप्रवासन नीतिको विरोधमा आफ्नो चर्चित गीत ूस्ट्रिट्स अफ मिनियापोलिसू गाएका थिए।शक्तिको विस्तार र आलोचना
जनवरी २०२५ मा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले राष्ट्रपतिको कार्यकारी अधिकार उल्लेख्य रूपमा विस्तार गरेका छन्। उनले गभर्नरहरूको असहमति हुँदाहुँदै पनि विभिन्न सहरहरूमा ुनेसनल गार्डु तैनाथ गरेका छन् भने आफ्ना राजनीतिक विरोधीहरूमाथि मुद्दा चलाउन दबाब दिइरहेका छन्।आलोचकहरूले ट्रम्पका कदमहरू असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको चेतावनी दिएका छन्। तर, ट्रम्पले यी आरोपहरूलाई ‘हिस्टेरिकल’ भन्दै अस्वीकार गरेका छन्। अक्टोबरमा फक्स न्युजसँग कुरा गर्दै उनले भनेका थिए, ‘उनीहरू मलाई राजा भनिरहेका छन्, तर म राजा होइन।’
साना सहरदेखि विदेशसम्म प्रदर्शन
News Desk 0 response आइतवार, चैत्र १५, २०८२
यो आन्दोलन केवल ठुला सहरमा मात्र सीमित छैन। केन्टकीको शेल्बीभिल र मिशिगनको होवेल जस्ता साना सहरहरूमा पनि हजारौँ मानिस सडकमा उत्रिएका छन्। यस्तै, अमेरिका बाहिर लन्डन, पेरिस र लिस्बनमा बस्ने अमेरिकी नागरिकहरूले पनि ट्रम्पविरुद्ध ऐक्यबद्धता जनाएका छन्। पेरिसमा भेला भएका प्रदर्शनकारीहरूले ट्रम्पलाई ‘फाँसीवादी’ र ‘युद्ध अपराधी’ भन्दै महाभियोग लगाउन माग गरे। -(बीबीसीका लागि कलेक्टिभ न्युजरूमद्वारा तयार पारिएको)

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



