

-
काठमाडौं : दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १३ जनाको ज्यान गएको छ । लेबनानी अधिकारीका अनुसार संयुक्त आपतकालीन बिन्दुलाई निशाना बनाएको र यसमा दुई उद्धारकर्ताको ज्यान गएको छ ।
त्यस्तै नाबातिएहमा एउटा घरमा आक्रमण गर्दा ६ जनाको ज्यान गएको छ भने अर्को इजरायली आक्रमण दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको थियो जहाँ तीन जनाको ज्यान गयो । त्यस्तै, तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको विवरण छ ।
संयुक्त राष्ट्रसंघको अन्तरिम बलको नेपाली बटालियन परिसरमा पनि गोला प्रहार भएको छ । इजरायली गोलाहरू दक्षिण लेबनानी सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसर भित्र पनि खसेका थिए । बेरुतमा रहेको नेपालको मानार्थ महावाणिज्य दूतावासले यो आक्रमणको निन्दा गरेको छ ।
कुनै पनि नेपाली सैनिक घाइते नभएको तर संयुक्त राष्ट्रसंघको शान्ति सेनाको केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघका कर्मचारीको सुरक्षा गर्ने सिद्धान्तको गम्भीर उल्लंघन भएको विज्ञप्तीमा उल्लेख छ ।
News Desk 0 response शनिबार, फाल्गुन ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



