

-
आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान खसेको छ।
इरानविरूद्ध अमेरिका-इसराइलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो।
अमेरिको सेनाको मध्य कमान्ड ९सेन्ट्रल कमान्ड०ले इन्धन भर्न दुइटा विमान प्रयोग भइरहेको र एउटा विमान दुर्घटना भएको जानकारी दिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
अर्को विमान भने सुरक्षित अवतरण गर्न सफल भएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
यो विपक्षी आक्रमण वा आफ्नै सेनाका फ्रेन्ड्ली फायरबाट पनि दुर्घटना नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
केही सञ्चारमाध्यमहरूले इरानको आक्रमणबाट उक्त विमान खसालेको भनेर लेखेका छन्। यद्यपि सेन्टकमले वाह्य हमलाबाट विमान दुर्घटना नभएको बताएको छ।
दुर्घटनाग्रस्त विमानमा कम्तिमा ३ देखि ५ जना चालक दलका सदस्य हुने गर्छन्। उक्त विमानमा भने कति जना थिए भनेर खुलेको छैन। उनीहरूको अवस्थाबारे पनि सेन्ट्रल कमान्डले सार्वजनिक गरेको छैन। उसले उद्दारको काम भइरहेको बताएको छ।
केसी–१३५ अमेरिकी वायुसेनामा सबैभन्दा धेरै प्रयोग हुने र पुराना विमानमध्ये एक मानिन्छ। यी विमानहरू लडाकु जेट, निगरानी विमान तथा कार्गो विमानलाई आकाशमै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) कार्यका लागि प्रयोग गरिन्छ।
वायुसेनाले यस्तो प्रकारको इन्धन भर्ने उडान नियमित रूपमा सञ्चालन गरे पनि दुर्घटना भने विरलै हुने गर्छ। तर खराब मौसम वा तीव्र हावाहुरीका अवस्थामा यस्तो कार्य जटिल हुने अधिकारीहरू बताउँछन्।
प्रारम्भिक अनुसन्धानकर्ताहरूले दुई विमान हावामै ठोक्किएको हुन सक्ने सम्भावनामा पनि अध्ययन गरिरहेको जनाएका छन्।
News Desk 0 response शुक्रबार, फाल्गुन २९, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


