

-
दुबई : पश्चिम एसियामा जारी तनावका बिच दुबईमा इरानी क्षेप्यास्त्रको भिडियो खिचेको आरोपमा ६० वर्षीय एक बेलायती पर्यटक पक्राउ परेका छन्। यूएईको कडा साइबर अपराध कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको हो।
यूएईको सार्वजनिक सुरक्षामा खलल पुर्याउने खालका सामग्री प्रकाशन वा सेयर गर्न निषेध गर्ने कानुन उल्लङ्घन गरेको भन्दै ती पर्यटकलाई नियन्त्रणमा लिइएको डिटेन्ड इन दुबई नामक संस्थाले जनाएको छ। सो संस्थाका अनुसार हालैका क्षेप्यास्त्र आक्रमणसँग सम्बन्धित भिडियो र सामाजिक सञ्जाल पोस्टका कारण उक्त व्यक्तिसहित २१ जनालाई साइबर अपराधको मुद्दा चलाइएको छ। प्रहरीले ती बेलायती नागरिकको मोबाइलमा दुबईमा भएको इरानी क्षेप्यास्त्र प्रहारको भिडियो फेला पारेको बताइएको छ।
यूएईकी राज्यमन्त्री लाना नुसेइबेहले यस घटनाबारे जानकारी रहेको बताउँदै कानुन उल्लङ्घनका केही घटना भएको स्वीकार गरेकी छन्। उनले यस्ता दृश्यको छायाङ्कनले स्वयं व्यक्तिलाई पनि जोखिममा पार्ने बताउँदै कानुनी प्रक्रिया बमोजिम नै कारबाही हुने स्पष्ट पारिन्। यूएई सरकारले सूचनाको प्रवाहलाई नियन्त्रण गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न यस्तो कानुन आवश्यक रहेको तर्क गर्दै आएको छ।
यता मानवअधिकारवादी संस्थाहरूले भने यूएईले पर्यटन र सुरक्षाको भ्रम कायम राख्न अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको आरोप लगाएका छन्। डिटेन्ड इन दुबईकी कार्यकारी प्रमुख राधा स्टर्लिङले अभियोग पत्र निकै अस्पष्ट रहेको र पर्यटकहरूलाई झुक्याएर पक्राउ गर्ने क्रम बढेको बताएकी छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी सर्वोच्च नेता मारिएपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको हो। यसको जवाफमा इरानले इजरायल र अमेरिकी सहयोगी खाडी राष्ट्रहरूमा निरन्तर आक्रमण गरिरहेको छ। पछिल्लो समय दुबईका विलासी होटलहरू फेयरमन्ट द पाम र बुर्ज अल अरब जस्ता संरचनाहरूमा समेत क्षति पुगेको छ। द्वन्द्वका कारण यस क्षेत्रको हवाई उडान सेवा पनि नराम्ररी प्रभावित भएको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन २९, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


